close

सिदिङ्वा पस्न खाद्यान्न बोक्ने गाडी चालकको रिपोर्ट अनिवार्य

सिदिङ्वा पस्न खाद्यान्न बोक्ने गाडी चालकको रिपोर्ट अनिवार्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले अन्तरपालिका सवारी आवागमनलाई पूर्ण रूपमा प्रतिबन्ध गर्दै खाद्यान्न बोकेका सवारी साधनका चालकसमेतको पिसिआर÷एन्टिजेन परीक्षण रिपोर्टलाई अनिवार्य गरेको छ ।

 

स्थानीय तह स्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा समेत कोरोना संक्रमणको दर उच्च रहेको भन्दै नियन्त्रणका लागि यस्तो निर्णयमा गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।

 

उनका अनुसार सिदिङ्वाबाहेक अन्तरस्थानीय तहको सवारी आवागमनलाई पूर्णतया प्रतिबन्ध गरिएको छ । खाद्यान्न बोकेर सिदिङ्वा भित्रने सवारी साधनका चालकसमेतले पिसिआर÷एन्टिजेन गरी नेगेटिभ आएको बढीमा १० दिनभित्रको रिपोर्ट अनिवार्य गरिएको छ ।

 

यस्तै, गाउँपालिकाको केन्द्र रहेको भन्ज्याङ बजार ५ असारसम्मलाई बन्द गरिएको छ भने स्थानीय स्तरमा उत्पादन हुने तरकारी र खाद्यान्न खरिद बिक्रीका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर प्रत्येक दिन ७ देखि ८ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्मको समय निर्धारिण गरिएको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिए ।