close

दोभान बजारका अग्निपीडितको सहयोगार्थ पालिका अध्यक्षलाई हस्तान्तर गरियो २१ लाख 

दोभान बजारका अग्निपीडितको सहयोगार्थ पालिका अध्यक्षलाई हस्तान्तर गरियो २१ लाख 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- पूवमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङ जन्मस्थान भई कर्मक्षेत्रले संघीय राजधानी पुगेकाको सक्रियतामा संकलित २१ लाख रुपैयाँ दोभान बजारका अग्निपीडितलाई दिने गरी हस्तान्तरण गरिएको छ । 


मेरिङदेनस्थित दोभान बजारका अग्निपीडितका लागि संकलित यो रकम पालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन खातामा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो ।


ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालका प्रतिनिधिको रोहबरमा पूर्वमन्त्री भट्टराईले २१ लाख रुपैंया मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूलाई हस्तान्तरण गरे ।


ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालको सक्रियतामा दोभान बजारका अग्निपीडितका लागि रकम संकलन गरिएको थियो । सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले कामको सिलसिलामा संघीय राजधानी पुगेकाले गृहजिल्लाका अग्निपीडितका लागि सहयोग संकलन गरी वितरण गरेको बताए ।

 

ताप्लेजुङ समाज नेपालका महासचिव अग्नि पौडेलले गृहजिल्लाका नागरिकको पीडामा थोरै भए पनि सहयोग गरिएको जानकारी दिए ।


सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल ताप्लेजुङ घर भई पेसा व्यवसायको सिलसिलामा संघीय राजधानी पुगेकाहरूको साझा संस्था हो । पीडितलाई राहत तथा क्षतिपूर्ति वितरणका लागि एकद्वार प्रणाली अपनाएको मेरिङ्देनले दोभान बजारका अग्निपीडितका लागि छुट्टै प्रकोप व्यवस्थापन खाता सञ्चालनमा आएको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार खातामा जम्मा भएको रकम पहिलो चरणमा दोभान बजारका अग्निपीडितलाइ वितरण गरिएको र अरू चरणमा क्रमशः वितरण गर्दै लैजाने बताए ।

 

रकम वितरणका लागि पालिकाले यसअघि नै पीडितको वर्गीकरण गरिसकेको छ । दोभान बजारका अग्निपीडितका लागि राहत संकलन गर्न पूर्वमन्त्री भट्टराईको संयोजकत्वमा राहत सहयोग संकलन समिति बनाइएको थियो ।


दोभान एकता समाज काठमाडौं, ओलाङ्चुङगोला कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडाैं तथा मिस मंगोल सिभिरा लामा, अमेरिकामा रहेका अमर सेनेहाङसहित दाबा शेर्पा र राजु साँवालगायतको भूमिका रहेको बताइएको छ ।