close

धुर्काेट पालिकाको रजस्थल बन्यो पहिलो पूर्ण सरसफाइयुक्त वडा

धुर्काेट पालिकाको रजस्थल बन्यो पहिलो पूर्ण सरसफाइयुक्त वडा

Trulli
ADVERTISEMENT

रूपन्देही- गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थललाई गाउँपालिकामै पहिलो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले रजस्थललाई पूर्ण सरसफाइ वडा घोषणा गरे ।


गाउँपालिका अध्यक्ष पोख्रेलले पुर्ण सरसफाइ घोषणापत्र वडाध्यक्ष कृष्णबहादुर नेपालीलाई प्रदान गरे । गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले वडा नम्बर ६ लाई पूर्ण सरसफाइ टोल घोषणा गरिएकाले वडाबासीले पनि सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । 


सोही कार्यक्रममा रजस्थलबासीलाई फोहोर जम्मा गर्ने १-१ वटा डस्टबिन वितरण गरिएको थियो । त्यस्तै, प्रगतिशील महिला बहुउद्देयीय सहकारी संस्थालाई ४० वटा कुर्सी र अफिस टेबल हस्तान्तरण गरिएको थियो ।


पालिका अध्यक्ष पोख्रेलले गाउँपालिकाभित्रका ६३ टोलमध्ये हालसम्म १७ टोललाई पूर्ण सरसफाइ टोल घोषणा गरिएको र यसै आर्थिक वर्षमा गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त पालिका घोषणा गर्ने योजना रहेको जानकारी दिए ।


गाउँपालिकाभित्र रहेका ७ सय २२ घरधुरीमध्ये ५ सय ४ घरमा एक घर एक धारा पुगेका र बाँकी २ सय १८ घरमा पनि यसै आर्थिक वर्षमा काम सम्पन्न गर्ने योजना रहेको पालिका उपाध्यक्ष केसीले बताए ।


वडा नम्बर ६ रजस्थल हालसम्म खुला दिसामुक्त वडा, अँध्यारोमुक्त वडा, विद्यालयमा चकमुक्त वडा, बालबालिका पूर्ण भर्ना वडा, धुवाँरहित चुलो वडा, पूर्ण खोप घोषणा, खरका छानामुक्त वडा, शून्यघर प्रसूति वडा, पूर्ण साक्षरता वडा, र पुर्ण सरसफाइयुक्त वडा घोषणा गर्न सफल भएको छ ।


धुर्कोट गाउँपालिका संयोजक छविलाल विश्वकर्माले सरसफाइका आधारभूत ६ वटा सूचक पूरा भएकाले पूर्ण सरसफाइ वडा घोषणा गरिएको बताए । सम्पूर्ण वडाबासीको साथ र सहयोगमा पूर्ण सरसफाइ वडा घोषणा गर्न सफल भएको उनको भनाइ छ ।


गाउँपालिका उपाध्यक्ष खत्रीले पहिलोे पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने रजस्थलका जनप्रतिनिधि, वडाबासीलाई धन्यवाद दिँदै खानेपानी र सरसफाइमा वडा सफल भएको दाबी गरे ।


प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले धेरै मिहिनेतपछि पालिकामा अनुकरणीय र नयाँ काम भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । 


कार्यक्रममा पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्न सहयोग पु¥याउनेलाई पोख्रेल र उपाध्यक्ष खत्रीले वडाध्यक्ष कृष्णबहादुर नेपालीलगायतलाई सम्मान गरेका थिए ।