close

बिदा भए ६० वर्ष कटेका ‘गाउँका डाक्टर’ 

बिदा भए ६० वर्ष कटेका ‘गाउँका डाक्टर’ 

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको व्यास नगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेको छ । उमेर हदबन्दीका कारण व्यासका १४ स्वयंसेविका बुधबार बिदा भएका हुन् ।

 

बिदाइ हुनेमा २०४५ देखि सेवारत पनि थिए । गाउँघरमा डाक्टरकै परिचय बनाएका स्वयंसेविकालाई बिदाइ गर्दा व्यासले खुसी पनि बनायो ।


बिनातलब सर्वसाधारणको स्वास्थ्य सेवामा निरन्तर खटिएका स्वयंसेविकालाई रिटायर्ड हुने बेला व्यासले सम्मानसहित ३५ हजार रुपैयाँ हातमा नगद थमाइदियो । 


स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार जनही ३५ हजार रुपैयाँ दिएर स्वास्थ्य स्वयंसेविकाको बिदाइ गरिएको हो । ‘उहाँहरूले दिएको योगदानको कदर गर्दै नगद ३५ हजार रुपैयाँ थमाएर बिदा गरेका हौँ’, उनले भने ।


स्वंयसेविकाको बिदाइका लागि स्वास्थ्य कार्यालयले १ लाख र व्यासले ३ लाख ९० हजार रुपैयाँ विनियोजन गरेका थिए । बिदाइ भएका स्वयंसेविकाले अझै पनि सेवा गर्ने चाहना भएको बताए । ‘अझै सेवा गर्ने चाहना थियो । उमेरका कारण सेवाबाट अनिवार्य अवकाश लिनुप¥यो’, स्वयंसेविका माया गुरुङले भनिन् ।


व्यासमा १ सय ५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । बिदा भएका १४ जनाको सट्टामा नयाँ स्वास्थ्य स्वयंसेविका छनोट गरिनेछ । 


मातृशिशु मृत्युदर घटाउन, व्यक्तिगत सरसफाइ, स्वास्थ्य सचेतना, प्राथमिक उपचार र कोरोना महामारीका बेला जनचेतना फैलाउन स्वास्थ्य स्वयंसेविकाको विशेष भूमिका रहेको छ । बिनातलब भत्ताको भरमा काम गर्नुुपर्ने उनीहरूको बाध्यता छ ।