close

लगातारको वर्षापछि आएको पहिरोले तुम्कोटमा क्षति

लगातारको वर्षापछि आएको पहिरोले तुम्कोटमा क्षति

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर २ को तुम्कोटमा लगातारको वर्षापछि आएको पहिरोले ठूलो क्षति पुगेको छ ।

 

एक सातासम्मको लगातारको वर्षापछि आएको बाढीले तुमकोटको एक होटल, खानेपानीको पाइपलाइन, सिँचाइ कुलो बगाएर लगेको स्थानीय छपाल लामाले जानकारी दिए । मंगलबार राती आएको वर्षासहितको बाढीले स्थानी घरमा ठूलो क्षति पु-याएको लामाले बताए ।

 

‘बाढीले गाउँका अधिकांश घरमा क्षति पु¥याए पनि एक स्थानीय होटल, सिँचाइ कुलो र खानोपानीको पाइप पूर्ण रूपमा बगाएर लगेको छ,’ उनले भने, ‘खेतबारीमा भएको बाली र तरकारीमा पु¥याएको क्षतिबारे कुनै हिसाब छैन ।’

 

गत वर्ष निर्माण गरिएको कुलोलाई मंगलबार आएको पहिरोले ५ सय मिटर लामो खोला बनाएपछि सिँचाइ सुविधा अवरुद्ध भएको छ । पहिरोले बगाउँदा स्थानीय लगाएको ५ सय रोपनी खेतबारीमा ठूलो क्षति पु-याएको हो ।

 

बाढीले आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटलसमेत बगाएर लगेको स्थानीय लेन्डो मिग्युर लामाले बताए ।