close

मेलम्चीमा विद्युत् पुर्‍याउन सरकारी पहल

मेलम्चीमा विद्युत् पुर्‍याउन सरकारी पहल

Trulli
ADVERTISEMENT

काठमाडौं– बाढीपहिरोका कारण विद्युत् सम्पर्क टुटेको मेलम्चीमा वैकल्पिक उपाय अपनाएर सरकारले बिजुली पु-याउन पहल थालेको छ ।  पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो ।

 

गत १ असारमा आएको बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा क्षति पु-याउँदा तीन ट्रान्समिसन लाइन बगाएको थियो ।  गत असारको क्षतिपछि मर्मत गरेको भए पनि १६ साउनको बाढीले पुनः अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो ।

 

मेलम्चीका जनता अँध्यारोमा बस्नु परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिएकी छन् ।  

 

उनले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई मन्त्रालयमा बोलाएर उनले उक्त निर्देशन दिएकी हुन् ।  

 

मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । उनका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो । शनिबारको बाढीले झन्डै ४०÷५० वटा पोल बगाएको छ । 

 

हाल मेलम्ची नगर र इन्द्रावतीमा विद्युत् आपूर्ति गरिए पनि पाँचपोखरी र हेलम्बुमा बिजुली पु-याउन सकिएको छैन ।  मन्त्री भुसाललाई साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुद्रटार मेलम्ची जोड्ने उपाय सुझाएका थिए ।

 

केही दिनमा वैकल्पिक बाटो प्रयोग गरेर विद्युत् जोड्न सकिने भए पनि क्यूलमा पोल पु-याउन समस्या हुने मन्त्रीलाई जानकारी उनीहरूले गराए । ऊर्जा सचिव देवेन्द्र कार्कीमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सोलार जोड्न निर्देशन दिइएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।