close

तपाईंको मास्क खोई ?

तपाईंको मास्क खोई ?

Trulli
ADVERTISEMENT

हुम्ला- कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध सचेत रहन ‘तपाईको मास्क खोई ’ अभियान सुरु गरेको छ । 


शनिबारदेखि अभियान सुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाइ आवतजावत गरिरहेका सर्वसाधरणहरुलाई मास्क समेत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लाले ‘तपाईको मास्क खै?’ अभियान सुरु गरेका हुन् ।

 

केही दिन अघिबाट सुरुभएको अभियान निरन्तर रहने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।


सिमकोट गाउँपालिका रहेको सदरमुकाम सिमकोटसहित जिल्लाका सातै गाउपालिकामा निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकहरुले जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खोई ’ अभियान सुरु गरिएको निमित्त तथा प्रहरी निरीक्षक भण्डारीले बताए ।


स्थानीय मेला सुरु जिल्लाका सातै गाउँपालिकाबाट सदरमुकाम सिमकोटको बजार क्षेत्रमा आवतजावत बढेको कारण प्रहरीले दैनिक दिन कोरोना संक्रमणबाट बच्नका लागी सचेतनामूलक सन्देश दिएर माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 


जिल्ला प्रहरी कार्यलय हुम्लाले जिल्लाका सातै स्थानीय तह हरुलाई पनि यो अभियनमा सहयोग गर्न आग्रह गरेको समेत जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।