close

तटीय क्षेत्रका बासिन्दालाई अहोरात्र त्रास 

तटीय क्षेत्रका बासिन्दालाई अहोरात्र त्रास 

Trulli
ADVERTISEMENT

उदयपुर- त्रियुगा नदीको तटीय क्षेत्रमा खेती लगाउने काम सकिएपनि ढुक्क छैनन् यहाँका किसान । सानो तिनो बर्षामा पनि आउने भेल बाढीले खेतीदेखि थाँतवास बगाउने त्रासमा हुन्छन् उनीहरु । 


बर्षायाम सुरु भएदेखि तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरुमा जेठदेखि असोजसम्म नदी कटानकै जोखिममा हुने गरेको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका परशुराम बस्नेत बताउँछन् ।

 

दक्षिणी क्षेत्रमा रहेको चुरे र उत्तरी क्षेत्रमा रहेको महाभारत पर्बत श्रृङखलामा रहेका प्राकृतिक श्रोत साधनको बिनासले बगेर आउने लेदो, ढुङ्गा, गिट्टी, बलुवा बगेर आउँछ । जसका कारण नदीले धार परिवर्तन गर्दा खेतीयोग्य जमिन कटान डुबानले स्थानीयले सास्ती ब्यहोर्नु परेको छ । 

 

सबैभन्दा बढी मारमा त्रियुगा नगरपालिकाको १, २, ३, ४, ५, ६ र ७ चौदण्डीगढी नगरपालिकाको ४, ५, ९ र १० बेलका नगरपालिका– १ र २ परेका छन् ।

 

बेलका नगरपालिका– १ र २ तपेश्वरीको पुर्वी खण्ड भएर बग्ने सप्तकोसी नदीले त्रियुगाको वहाब रोकिदा बर्सेनी सयौ बिगाहामा लगाएको बाली नदीले कटान र डुबान गर्ने गरेको बेलका नगरपालिका–१ का वडाध्यक्ष दिनेश्वर चौधरी बताउँछन । 

 

वर्षाैँदेखि त्रियुगा नदी नियन्त्रणका नाममा करोडौं रकम खर्चे पनि बालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ । उदयपुरमा साना ठुला नदीबाट करिब ४ हजार घर परिवार बाढी, पहिरो, नदी कटान र डुबानको उच्च जोखिममा रहेको जिल्ला बिपद् ब्यबस्थापन समिति उदयपुरको तथ्यांक छ ।

 

त्रियुगा नदी नियन्त्रणका लागि वर्षेनी ठेक्का मार्फत खाडो खोला नियन्त्रण आयोजना सप्तरीले काम गरेको बताएता पनि त्यो प्रभावकारी नभएको स्थानीयबासीको आरोप छ । जोखिम क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा काम हुन सकेको छैन ।

 

त्रियुगा नदी नियन्त्रणका लागि ७ अर्बको डिपिआर तयार भए पनि ८ अर्ब १५ करोड स्विकृतसंगै उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालय पहिलो चरणमा १ अर्ब ९६ करोड रकम बिनियोजन भएको हो ।

 

त्रियुगा नगरपालिका – १६ सुकौरा देखि बेलका नगरपालिका – २ तपेश्वरी सम्म एक तर्फ ५१ किलो मिटर र दुबै तर्फको १ सय २ किलो मिटर तटबन्ध र यसका सहायक खोला खहरे नियन्त्रण गर्ने योजना रहेको भएता पनि काम हुन सकेको छैन ।