close

सर्केगाडका अधिकांश वडाका स्वास्थ्य चौकीमा सिटामोल अभाव

सर्केगाडका अधिकांश वडाका स्वास्थ्य चौकीमा सिटामोल अभाव

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिकाका अधिकांश वडाका स्वास्थ्य चौकीमा सिटामोल अभाव भएको छ । पालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमित रहे पनि सिटामोललगायत औषधी अभाव भएको स्थानीयले बताएका हुन् ।


सामान्य बिरामी हुँदासमेत सिटामोल पाउन नसकेको उनीहरूको गुनासो छ । सर्केगाडका वडा नम्बर १ देखि ८ सम्मका अधिकांश स्वास्थ्य चौकीमा औषधी अभाव रहेको हो ।  किर्डाक नेपालले गाउँपालिकाका सबै वडामा सञ्चालन गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले आफूलाई आवश्यक परेका बेला कुनै पनि औषधी नपाएको गुनासो गरे ।


‘हामी स्वास्थ्य चौकीमा गए पनि सिटामोलको टाटै (ट्याब्लेट) छैन भन्ने जवाफ आयो । त्यसपछि रित्तो हात फर्कनुपर्ने अवस्था छ’, वडा नम्बर २ का स्थानीयले भने, ‘भनेका बेला नपाइने औषधी निःशुल्क वितरण गरिने भनिए पनि गाउँबासीलाई सधैँ सास्ती बेहोर्नुपर्ने अवस्था ।’


स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमित नहुने र निःशुल्क औषधीसमेत नपाइँदा स्थानीय समस्या परेका छन् । स्थानीय नागरिक, जनप्रतिनिधि र सञ्चारकर्मीको संयुक्त अनुगमनका क्रममा समेत स्थानीय स्वास्थ्य संस्थामा आधारभूत औषधीसमेत नभएको पाइएको हो ।


सरकारले स्वास्थ्य संस्थामा ४२ थरी औषधी निःशुल्क दिए पनि यो गाउँपालिकाका ८ वडामध्ये अधिकांशमा आधारभूत औषधीसमेत नभएको फेला परेको छ ।