close

छिडी नात्ता सामुदायिक स्वास्थ्य इकाइ बन्द

सेवाग्राहीले घन्टाैँको पैदल हिँडेर अन्यत्र उपचार गर्न बाध्य

छिडी नात्ता सामुदायिक स्वास्थ्य इकाइ बन्द

सेवाग्राहीले घन्टाैँको पैदल हिँडेर अन्यत्र उपचार गर्न बाध्य

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ जैरमा कर्णाली प्रदेश सरकार मातहतको सामुदायिक स्वास्थ्य इकाइ १ महिनादेखि बन्द छ । वडा नम्बर १ को छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य इकाइ बन्द हुँदा नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । 


स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द भएपछि सेवाग्राहीले घन्टाैंको पैदल हिँडेर स्वास्थ्योपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको गुनासो गरेका छन् । २०७६ देखि छिडी नात्ता गाउँमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन आएको थियो । इकाइमा एक–एक जना अहेब, अनमी र कार्यालय सहयोगी गरी ३ जनाको दरबन्दी छ । 


गाउँमा रुघाखोकीका बिरामीको संख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा थप समस्या भएको उनीहरू सुनाउँछन् । इकाइमा दैनिक १०–१२ सम्म बिरामी उपचारका लागि जाने गर्थे । स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनुपरेको गुनासो आउन थालेको छ ।


गाउँमा घाँटी, टाउको दुख्ने र ज्वरो आएका बिरामी बढेको वडाध्यक्ष गोकुल बुढाले बताए । इकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात घर फर्कनुपरेको स्वास्थ्योपचार गर्न आएका नागरिकको गुनासो छ ।