close

पण्डितहरुको प्रतिबद्धता– बालविवाह गराउँदैनौं

पण्डितहरुको प्रतिबद्धता– बालविवाह गराउँदैनौं

Trulli
ADVERTISEMENT

महोत्तरी– बर्दिबास नगरपालिकाका पण्डितहरूले बालविवाह नगराउने लिखित प्रतिबद्धता जनाएका छन् ।  विवाहको साइत जुराउँदै  र विवाहको कर्मकाण्ड गर्दै  आएका १२ जना पुजारी, पण्डित, पास्चर, लामा र गान्वाले कानुनले तोकेको मापदण्डलाई पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । 
 

जानेर वा नजानेर कयौं वालबिवाह गराएको स्वीकार गर्दै पण्डितहरुले अबदेखी पहिला उमेर पहिचान गरेर मात्र बैवाहिक पण्डित कर्ममा सामेल हुने बताए ।
 

‘उमेर नपुगेकाहरुले बिवाह गर्दा महोत्तरीमा मात्र नभएर प्रदेश–२ मा नै ठूलो सामाजिक र पारिवारिक बिचलन आएको छ, अब हामी पण्डितहरुले यसतर्फ खबरदारी गर्ने समय आएको छ’ पण्डित मोतिलाल गौतमले भने ।
 

बर्दिबास नगरपालिकाको वडा नं–५ मा मात्रै गत साल भएका ४२ वटा बिवाहमध्ये ६ वटा विवाह बाल विवाह रहेको सेभ द चिल्ड्रेनले संकलन गरेको एक तथ्यांकमा उल्लेख छ । 
 

मुलुकी अपराध  ऐन, २०७४ परिच्छेद–११ को  विवाह सम्बन्धी कसूरले बाल विवाह गर्न नहुने, विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।