close

आरोपितको बयान : १० महिने शिशु मैले अपहरण गरेको हो

आरोपितको बयान : १० महिने शिशु मैले अपहरण गरेको हो

Trulli
ADVERTISEMENT

जुम्ला- अपहरणकारीको आरोप लागेका व्यक्तिले अपहरण गरेको साविति बयान दिएको जानकारी जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको छ । प्रहरीका अनुसार हिमा गाउँपालिका-३ च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले भदौ ३ गते राति १० महिनाको शिशु अपहरण गरी बेपत्ता पारेको बयान दिएका हुन् । 

 

प्रहरीका अनुसार उनले सोही गाउँपालिकाको वडा-३ को मोफ्ला गाउँका १९ वर्षीया भदुरी कठायतको छोरा खेमराजलाई राति साढे ९ बजे अपहरण गरेको बयान दिएका छन् । जिप्रका जुम्लाका डिएसपी दानबहादुर थापाका अनुसार रोकायाले ती शिशुलाई बेपत्ता पारेको बयान दिएको बताए । 

 

डिएसपी थापाले भने, ‘भदौ ३ गते घर नजिकैेको पसलमा बस्दै आएकी भदुरीकहाँ रोकाया राति साढे ९ बजे पुगेका थिए । उनले भदुरी तिमीलाई आमाले बोलाएकी छन् भनी झुक्याएर भदुरी आमाकहाँ गएको मौका छोपी घरभित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेको खुलेको छ ।’ 


जुम्ला जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर उनलाई हिरासतमा राखिएको डिएसपी थापाले बताए । रोकायामाथि थप अनुसन्धान भइरहेको जानकारी पनि उनले दिए । प्रहरीका अनुसार आरोपित रोकायाले शिशुलाई कहाँ, किन र कसरी बेपत्ता पारे भन्नेबारे अनुसन्धान भइरहेको छ । उनलाई कर्णाली प्रदेश प्रहरी तथा जिप्रका सुर्खेतले भदौ ५ गते पक्राउ गरेको थियो ।


पीडित पक्षले शिशु हराएको भोलिपल्ट प्रहरीमा खोजबिनका लागि निवेदन दिएको थियो ।