close

पहिरोले त्रिवेणी–टोप्ला सडक खण्ड अवरुद्ध

पहिरोले त्रिवेणी–टोप्ला सडक खण्ड अवरुद्ध

Trulli
ADVERTISEMENT

जुम्ला–लगातारको वर्षाले पहिरो आएपछि त्रिवेणी–टोप्ला सडक खण्ड एक सातादेखि अवरुद्ध भएको छ । त्रिवेणी–टोप्ला सडक खण्डअन्तर्गतको तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

 

एक सातासम्म पनि अवरुद्ध सडक खण्ड नखुलेपछि सवारी आगमनसहित स्थानीयलाई आउजाउमा अप्ठेरो भएको स्थानीयले गुनासो गरेका छन् । तीन ठाउँमा खसेको पहिरो स्थानीयबाट पन्छ्याउन सम्भव नहुँदा दैनिकी कष्टकर बन्दै गएको तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीका स्थानीय पे्रम रावलले बताए ।

 

‘अहिलेसम्म सडक खुल्ने कुनै सुरसार छैन, । नुन, चामललगायत दैनिक उपभोग्य सामग्री गाउँमा लैजान समस्या भएको छ’, उनले भने, ‘सडक सुचारु नहुँदा निर्माण सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन ।’ सवारी साधन आउजाउ ठप्प भएपछि बिरामी स्टे«चरमा बोकेर अस्पताल पु¥याउनुपरेको स्थानीय राजु रावतले बताए । 

 

‘एकातिर एक सडक निर्माण भएको १ दशक बितिसक्दासमेत स्तरोन्नति हुन सकेको छैन । त्यसमा बेलाबेला पहिरोले सास्ती थप्ने गरेको छ । भेरीखोलाका दर्जनौँ गाउँका स्थानीय मारमा छन्’ उनले भने । 

 

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले सडक खुलाउन सडक डिभिजन कार्यालयसँग पहल भइरहेको जानकारी दिए । उनले भने, ‘पालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरेका छौँ । पहिरोले धेरै ठाउँमा भत्केकाले निर्माण गर्नुपर्ने अवस्था छ । भत्केको ठाउँमा निर्माण गर्नुपर्ने भएकाले बजेट व्यवस्थापन गर्दै छौँ’, उनले भने । 

 

सडक डिभिजन कार्यालय जुम्लाले छिट्टै सडक सुचारु हुने जनाएको छ । अवरुद्ध सडक सुचारु गर्न तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

 

‘सडक अवरुद्ध भएको खबर आएको छ । अब २÷३ दिनभित्र सुचारु गर्ने तयारीसाथ काम भइरहेको छ’, उनले भने । सडक डिभिजन कार्यालयका आफ्नै डोजर प्रयोग गरेर पहिरो पन्छाउने उनले बताए । 

 

यो सडकले जुम्ला–कुडारी, त्रिवेणी–ताम्ती, टोप्ला, इमिल्चा, हँुदै जाजरकोट, छिन्चु सुर्खेत जोड्ने गरेको छ । जाजरकोट र जुम्लाबाट दुईतर्फी सडक खन्ने काम भइरहेको छ । 

 

यो सडकबाट हाल जुम्ला र जाजरकोट भने जोडिएको छैन । केही भाग अझै सडक काट्न बाँकी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । तर, यो सडक जोड्न कुडारी–त्रिवेणीस्थित तिला नदीमाथि पक्की पुल निर्माण भइसकेको छ ।