close

सीमकोटलाई हरियाली बनाउँदै सेना

सीमकोटलाई हरियाली बनाउँदै सेना

Trulli
ADVERTISEMENT

हुम्ला– निजामती सेवा दिवस अवसरमा नेपाली सेनाको हुम्लास्थित वराहदल गुल्म रानीवनले वृक्षारोपण गरेको छ ।वन सम्पदाको संरक्षण एवं जगेर्ना गर्दै वातावरणलाई दिगो योगदान दिने उद्देश्यले वृक्षारोपण गरिएको हो ।


सैनिक र नागरिकको सम्बन्धलाई प्रगाढ बनाइराख्न बृहत् वृक्षारोपण आयोजना गरिएको वराहदलका गुल्मपति गणेश खड्काले बताए । रानीवन ब्यारेकभित्रको सार्वजनिक वनमा जनप्रतिनिधि र कर्मचारीको सहभागितामा सेनाले वृक्षारोपण कार्यक्रम गरेको हो । उक्त वनमा विभिन्न जातका सल्लो र ओखरका बिरुवा रोपिएको गुल्मपति खड्काले बताए ।


उनका अनुसार वृक्षारोपण कार्यक्रमअन्तर्गत २ सय ६३ मध्ये ३० वटा ओखर, ३० रिठो, ५० वटा लेकबेँसी सल्ला, ५० लोकल सल्लो र अन्य विभिन्न जातका १ सय ३ वटा सल्लाका बोट रोपिएको हो ।


त्यस्तै, यसअघि पनि सरसफाइ, धारा, शौचालय निर्माणजस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस लाई निरन्तरता दिने बताइएको छ ।कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दल रावल, जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, जिल्ला न्यायाधीश जगतबहादुर पौडेल, सीमकोट गाउँपालिका उपाध्यक्ष बलि रावत, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलगायत पदाधिकारी सहभागी थिए ।