close

बुटवल उपमहानगर प्रमुख सुवेदीलाई मुक्का हान्ने एमाले कार्यकर्ता भएको पुष्टि

बुटवल उपमहानगर प्रमुख सुवेदीलाई मुक्का हान्ने एमाले कार्यकर्ता भएको पुष्टि

Trulli
ADVERTISEMENT

रूपन्देही–पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगर मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । मेयर सुवेदीमाथि मुक्का प्रहार गर्न स्थानीय पहिरोपीडित गणेश पंगेनी रहेको पुष्टि भएको हो ।

 

बुटवलको ज्योतिनगर आसपासमा निरन्तरको वर्षापछि केही दिनअघि गएको पहिरो अवलोकनका लागि त्यहाँ पुगेका मेयर सुवेदीलाई बुधबार पंगेनीले मुक्का प्रहार गरेका थिए । रातीदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्र पुगेका थिए ।

 

पहिरोका कारण घर पूर्ण रूपमा क्षति भएपछि मुक्का हान्ने पहिरोपीडित गणेशसहितको ५ जनाको परिवार आफन्तकहाँ बस्दै आएका छन् । पहिरोबाट घरलगायत त्यहाँ भएका सबै सामग्री क्षति हुँदासमेत राज्यले राहत वितरण नगरेको भन्दै ज्योति नगरबासीले पनि मेयर सुवेदीसँग आक्रोश पोखेका थिए ।

 

नेकपा एमालेले बुटवल उपमहानगर सुवेदीलाई मुक्का प्रहार गर्नेलाई पक्राउ गरी कारबाहीको माग गरेको छ । एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थी र राष्ट्रिय युवा संघ रूपन्देहीका अध्यक्ष मनोज गौचनले छुट्टाछुट्टै विज्ञप्ति निकाले मेयर सुवेदी कुट्नेलाई कारबाही गर्न माग गरेका छन् ।

 

रातीदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा गएका थिए ।

 

उनीसँगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियर सुमन श्रेष्ठ, योगेश चापागाईं, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो ।

 

पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्दारमा ढिलाइ हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउन लगाउने उद्देश्यसहित अवलोकन गर्न सुवेदी त्यहाँ पुगेको उपमहानगरले जनाएको छ ।

 

पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुन् । विद्यार्थी राजनीति गर्दै आएका उनले स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रतिक्रिया दिएको प्रहरीले बताएको छ ।