close

सीता भण्डारी मृत्यु प्रकरण : २६ दिनपछि रूपन्देही प्रहरीले सार्वजनिक गर्‍यो  विवरण

सीता भण्डारी मृत्यु प्रकरण : २६ दिनपछि रूपन्देही प्रहरीले सार्वजनिक गर्‍यो  विवरण

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामकी सीता भण्डारी मृत्यु प्रकरणबारे जिल्ला प्रहरी कार्यालयले २६ दिनपछि अनुसन्धान विवरण सार्वजनिक गरेको छ । भण्डारी गत १९ भदौमा आफ्नै घरको कोठामा मृतावस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टमा सीताले झुन्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने हत्या भएको बताएको थियो ।

 

छोरीको हत्या नै भएको दाबीसहित मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो ।  आन्दोलनको दबाबपछि आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्न लगाइएको थियो ।


लगत्तै आरोपित श्रीमान् टीका पौड्याल, उनकी दिदी विष्णु पौड्याल, जेठाजु हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अदालतले म्याद थप नगरेपछि थप आन्दोलन भए ।


भण्डारी मृत्यु प्रकरणको २६ दिनपछि रूपन्देही प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा भने सीताले सुसाइड नोट लेखेर आत्महत्या नै गरेको अनुसन्धानबाट देखिएको जनाइएको छ । 


प्रहरीका अनुसार सीता र उनका श्रीमान् टीका पौडेलको मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा गरिएको प्राविधिक परीक्षणमा सीताले लेखेको सुसाइड नोट फेला परेको हो । सो नोटमा ‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरकै काखबाट जन्मिन चाहन्छु । मलाई यो जिन्दगी पुग्यो, बाँच्न सकिनँ’ भनी लेखिएको प्रहरीले जनाएको छ । माइती पक्षले भने मोबाइलको सुसाइड नोट विश्वास गर्न नसकिने बताएको छ ।