close

सीता भण्डारी मृत्यु प्रकरण : श्रीमान् सहित ३ जना पुर्पक्षका लागि थुनामा

सीता भण्डारी मृत्यु प्रकरण : श्रीमान् सहित ३ जना पुर्पक्षका लागि थुनामा

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका श्रीमान् टीका पौड्याल, जेठाजु हरि पौड्याल र दिदी विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । तीनै जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार थुनछेक बहसबाट पक्राउ परेका तीनै जनालाई पुर्पक्षको लागी थुनामा राख्न अदालतले दिएको आदेशबमोजिम जिल्ला कारागार पठाइएको हो ।


भण्डारी गत १९ भदौमा आफ्नै घरको कोठामा मृतावस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टमा सीताले झुन्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले उनको हत्या भएको दाबी गरेको छ ।


छोरीको हत्या भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो ।


आन्दोलनको दबाबमा आएपछि आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान् टीका, उनकी दिदी विष्णु, जेठाजु हरिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मृत्यु भएको करिब १ महिना हुन लाग्दासमेत मृतकको शव उठेको छैन ।