close

इमान नहराएका अटो चालक : गाडीमा छुटेको ८ लाखको गरगहना यात्रु खोेजेरै बुझाए 

इमान नहराएका अटो चालक : गाडीमा छुटेको ८ लाखको गरगहना यात्रु खोेजेरै बुझाए 

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ कटारी बजारका एक अटो चालकले आफ्नो अटोमा छुटेको ८ लाख मूल्य बराबरको गरगहना फिर्ता गरेर इमानदारीको परिचत दिएक छन् । अटोमा चढेका यात्रुले ८ लाख बराबरको गरगहना र लत्ता कपडा छाडेकामा यात्रुलाई खोजेरै चालकले बुझाएका हुन् ।

 

कटारी नगरपालिका वडा नम्बर ४ सिम्लेका अटो चालक खड्गबहादुर तामाङले छुटेको सामान यात्रुलाई बुझाएर इमानदार चालकको परिचय दिएका छन् ।उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेंसीकी मेनुका राईको स१ह १२३१ नम्बरको अटोमा सुनका गरगहना र अन्य सामान छुटेका थिए ।


५५ वर्षीय अटो चालक तामाङले त्यो दिन ८ लाख बराबरको गरहगहना लिएर यात्रा गरेकी राईले अटोमै छाडेका थिइन् । यात्रु झरेपछि अटो चाकले सुनको गरगहना भएको महत्त्वपूर्ण सामान र लत्ता कपडाले भरिएको झोला भेटाए । 


उनले सुरुमा उक्त सामान कसको हो भन्ने कुनै पहिचान गर्न सकेनन् । अर्को दिन काम छाडेर सामानधनीको पहिचानमा जुटे । धेरै पछि उनले सामानधनीको पहिचान गरे । अटो चालक तामाङले इलाका प्रहरी कार्यालय कटारीको रोहबरमा राईलाई सामान बुझाए ।