close

भक्तपुरमा राती ९ बजेदेखि देउसीभैलो रोक

भक्तपुरमा राती ९ बजेदेखि देउसीभैलो रोक

Trulli
ADVERTISEMENT

भक्तपुर– जिल्ला प्रशासन कार्यालय भक्तपुरले उज्यालो पर्व तिहारमा राती ९ बजेपछि देउसीभैलो र नाचगान कार्यक्रम नगर्न नागरिकलाई आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै तिहारमा देउसीभैलो, नाचगानलगायत कार्य राती ९ बजेसम्म मात्र शान्तिपूर्वक गर्न र त्यसो गर्दा जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि हुन नहुनेतर्फ सचेत गराएको हो । 


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचनाको पालना गर्न र नगरे कानुनबमोजिम कारबाही गरिने बताइन् । पटका, आतिसबाजीजस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्ने/नगराउने कार्यालयको सूचनामा उल्लेख छ । 

 

सूचनाअनुसार मादक पदार्थलगायत नशालु पदार्थ सेवन गरी पर्वको समय सार्वजनिक स्थलमा होहल्ला, झैझगडाजस्ता कार्य गरी शान्ति–सुरक्षालाई असर पर्ने कुनै कार्य नगर्न र गरे कानुनबमोजिम सजाय दिइनेछ ।


मठमन्दिर र धार्मिक स्थलमा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पूजापाठ गर्न आग्रह गरिएको छ । सूचनामा कोभिड–१९ संक्रमणलाई दृष्टिगत गर्दै सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी सभ्य सुरक्षित, मर्यादित एवं शान्तिपूर्वक दीपावलीलगाय पर्व मनाउन अनुरोध गरिएको छ ।

 

बुटवलको पहिचान झल्किने रामापिथेकस, जीतगढी मणिमुकुन्द सेन उद्यान झल्किने चित्र कोरेर प्रचार–प्रसार गर्न आग्रह गर्दै प्रमुख सुवेदीले त्यस्ता चित्रले समाजमा रूपान्तरणको भूमिका निर्वाह गर्ने बताए ।