close

सप्तरीको गाउँब्लकमा बाँडियो जग्गाधनी प्रमाण पुुर्जा

सप्तरीको गाउँब्लकमा बाँडियो जग्गाधनी प्रमाण पुुर्जा

Trulli
ADVERTISEMENT

काठमाडौं– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको गाउँब्लकमा रहेका भू्मिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत पालिकाको गाउँब्लकमा रहेका ७०० घरपरिवारलाई जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न लागिएको हो ।


जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले पुुस मसान्तसम्म देशभरका नापी भइसकेका गाउँब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन् । उनले नापी भइसकेका गाउँब्लकको जग्गाधनी प्रमाण पुर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूूमिविहीन बनिरहेकाहरू कोही पनि छुुट्न नहुनेमा जोड दिँदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिइन् ।


मन्त्री श्रेष्ठले भूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम सुुरु गरिसकेको बताइन् । मुक्त हलिया, कमलरी, कमैयाको पक्षमा काम गर्न र तिनको वास्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम सुरु गरिसकेको उनको भनाइ छ ।  तल्ला तहका नागरिक, वास्तविक पीडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटिला प्रक्रिया छोट्याएर काम थालिएको उनको धारणा छ ।


संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न भूमिसँग जोडिएका समस्या समाधान गरेर समृद्ध मुलुक स्थापना गर्ने लक्ष्यमा प्रतिबद्ध भएर लागेकोसमेत उनले दाबी गरिन् ।


कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले अहिलेसम्म गाउँब्लकको नापी भएका जग्गाको पुुर्जा वितरण प्राथमिकतामा नपरेको भन्दै अहिले परिणाम निक्लने गरी काम गर्न निर्देशन आएकाले त्यसैअनुसार विभागले काम सुरु गरिसकेको जानकारी दिए । यसअघि महोत्तरीको रामगोपालपुरमा रहेका गाउँब्लकमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको छ ।