close

राष्ट्रपति जुम्ला आउने भएपछि खलंगामा सरसफाइ गरिँदै 

राष्ट्रपति जुम्ला आउने भएपछि खलंगामा सरसफाइ गरिँदै 

Trulli
ADVERTISEMENT

जुम्ला– राष्ट्रपति विद्यादेवी भण्डारी २६ मंसिरमा जुम्ला आउने भएपछि सदरमुकाम खलंगामा सरसफाइ गर्न थालिएको छ । राष्ट्रपति भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस अध्ययन कार्यक्रमको उद्घाटन गर्न आउन लागेकी हुन् । 

 

चन्दननाथ नगरपालिकाको खलंगा बजार निकै दुर्गन्धित छ । जुगाडखोला, विजयनगर, बसपार्क क्षेत्र निकै फोहोर छन् । राष्ट्रपति आउँदा नगरको फोहोर नदेखियोस् भन्नैका लागि सुरक्षा निकायले सफाइ गर्न थालेका हुन् ।  चन्दननाथमा जनप्रतिनिधिको पाँच वर्षे अवधिमा पनि फोहोर व्यवस्थापनका लागि व्यवस्थित डम्पिङ साइट बन्न सकेको छैन । नगरपालिकाले अल्पकालीन रूपमा केही फोहोर व्यवस्थापन गरे पनि दीर्घकालीन रूपमा डम्पिङ साइट बनाउन नसक्दा बजारमा फोहोरको थुप्रो लाग्ने गरेको छ ।  नगरपालिकाको फोहोर उठाउन राष्ट्रिय दिवस, मेला पर्व कुर्नुपर्छ । 


फोहोर व्यवस्थापनका लागि चन्दननाथ नगरपालिका वडा नम्बर २ भण्डारीवाडा गाउँको दुनादुनैस्थित डम्पिङ साइट बन्दै गरेको भनिए पनि लामो समय बित्दासम्म त्यसले पूर्णता पाउन सकेको छैन ।  कर्णाली प्रदेश मुकाम वीरेन्द्रनगर सुर्खेतपछिको दोस्रो ठूलो सहर जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका हो ।  अहिले यहाँका सडक जताजतै हिलाम्ये हुँदा नागरिकलाई ओहोरदोहोर र सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । नेपाल टेलिकम हुँदै सिंगाचौर सडक, पत्रकार महासंघ हुँदै सिंगाचौर सडक, बसर्पाक सडकलगायत चन्दननाथका दर्जनौँ भित्री सडक वर्षौंदेखि हिलाम्ये छन् ।