close

रूपन्देही १६ स्थानीय तहमध्ये तिलोत्तमा बन्यो बालमैत्री नगर

रूपन्देही १६ स्थानीय तहमध्ये तिलोत्तमा बन्यो बालमैत्री नगर

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बाल अधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको तिलोत्तमालाई बुधबार पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरे ।

 

घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती, राष्ट्रिय सभाका सांसद गोपाल भट्टराई, प्रदेशसभा सदस्यहरू, विभिन्न पालिकाका प्रमुख, विभिन्न सामाजिक संघ–संस्था, टोल विकास संस्था, शिक्षण संस्था, क्लब, आमा समूहलगायत सरोकारवाला निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता थियो ।

 

सहभागीले बालमैत्री नगरलाई दिगो बनाउन आ–आफ्नो ठाउँबाट काम गर्ने सामूहिक प्रतिबद्धता जनाए । घोषणा कार्यक्रममा पौडेलले तिलोत्तमाले भौतिक र मानवीय विकासलाई सन्तुलन मिलाएर अघि बढाएकामा प्रशंसा गर्दै बालमैत्री  नगरलाई दिगो बनाउन सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले तिलोत्तमाले ५१ वटा सूचकको अभ्यास गरेर बालमैत्री नगर घोषणा गरेकामा बधाइ दिँदै अन्य पालिकाले पनि यो अभ्यास गर्नुपर्ने बताइन् ।  प्रदेश सांसद रमा अर्यालले भौतिक निर्माणलाई मात्र विकास मान्ने सोचबाट माथि उठेर तिलोत्तमाले विभिन्न अभियान सञ्चालन गरेको बताउँदै यस्ता अभियानले समुन्नत समाज निर्माणमा महत्त्वपूर्ण टेवा पु¥याउने उल्लेख गरिन् ।

 

नगरप्रमुख वासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बालमैैैैैैैैैैैैैैैैैैैैैत्री  शासनका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, नगर बाल समूह सञ्जाल अध्यक्ष स्नेहा पौडेल, युनिसा गिरीलगायतले बालमैत्री नगरपालिका घोषणाको औचित्यबारे बोलेका थिए । 

 

कार्यक्रममा बालमैत्री नगर घोषणा भएकामा प्रदेश सरकार तथा जिल्ला समन्वय समितिको तर्फबाट नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको थियो । बालमैत्री नगर निर्माणमा योगदान गर्ने वडास्तरीय बाल क्लब सञ्जाल, नगरस्तरीय बाल सञ्जाल, वडा कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रममा बालबालिकाले विभिन्न प्रस्तुति देखाएका थिए ।

 

तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमा मुलुकमै पहिलो अभ्यास गरी तीमध्ये ४१ वटा सूचक शतप्रतिशत र १० वटा सूचकमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको हो ।  २०७६ मा पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्न सफल भएको तिलोत्तमाले कोरोना महामारीको प्रभाव कम भएसँगै नगरलाई बालमैत्री घोषणा गरेको हो ।

 

तिलोत्तमालाई बालमैत्रीयुक्त नगरपालिका बनाउन २७ मंसिर ०७६ देखि बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गरिएको थियो । १८ वर्षमुनिका झन्डै ४० हजार बालबालिका भएको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखि शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमार्फत बालबालिका केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

 

बालमैत्री अभियान सञ्चालन भएयता तिलोत्तमामा २३१ वटा बाल समूह, १८ वटा वडा र नगर बालसमूह सञ्जाल गठन भएका छन् । बालमैत्री नगर घोषणाले बालबालिकाको सर्वोत्तम हित, अर्थपूर्ण बालसहभागितालाई नगरको नीति, योजना, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गराउने नगरप्रमुख वासुदेव घिमिरेले बताए ।