close

विदेश रोजगारीबाट फर्किएर स्वदेशमै स्वरोजगार भएका पाँच युवा सम्मानित

विदेश रोजगारीबाट फर्किएर स्वदेशमै स्वरोजगार भएका पाँच युवा सम्मानित

Trulli
ADVERTISEMENT

खोटाङ–खोटाङमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ का अवसरमा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा स्वरोजगार भएका पाँच युवालाई नगदसहित सम्मान गरिएको छ । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आयोजना तथा बालसेवा समाज नेर्पाद्वारा सञ्चालित हेल्भेटास नेपालको प्राविधिक सहयोग र सुरक्षित आप्रवासन परियोजना सामीद्वारा शनिबार आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरूलाई सम्मान गरेको हो ।


सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ शोल्माका दुर्गाबहादुर राई र भोजकुमार श्रेष्ठले इलेक्ट्रिसियन प्लम्बिङ व्यवसाय गर्दै आएका छन् शोल्माकै कासकुमार राई प्लम्बिङ मेसिन व्यवसायी हुन् । यस्तै, वडा नम्बर ६ नेर्पाका रोशन राई ग्रिल व्यवसाय हुन् भने वडा नम्बर १४ बुइपाका दीपेन्द्र उदास बंगुर फार्म सञ्चालक हुन् । 


सम्मानित हुनेलाई ५ हजार बराबरको सामग्री र १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको बालसेवा समाज नेपाल नेर्पाकी अध्यक्ष भन्द्रकला भुजेलले बताइन् । 
सम्मानित हुनेलाई नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले चेक र सम्मानपत्र प्रदान गरे ।

 

वैदेशिक रोजगारीमा गएर सीप आर्जन गरी आफ्नै गाउँ फर्किएर आत्मर्निभर बनेर अन्य युवालाई पनि रोजगारी दिन सफल युवा व्यवसायीलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको नगरप्रमुख रिजालले बताए ।  अन्तर्राष्ट्रिय आप्रवासी दिवस अवसरमा सम्मानका अलावा सामीले सुरक्षित आप्रवासनका लागि सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । 

 

अन्तरक्रियामा सहभागीले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन घरपरिवार, समाज र स्वयं वैदेशिक रोजगारमा जाने व्यक्ति नै जिम्मेवार हुनुपर्ने सहभागीले बताए ।