close

सुनसरीमा ट्रक र बस ठोक्किँदा ४ को मृत्यु

सुनसरीमा ट्रक र बस ठोक्किँदा ४ को मृत्यु

Trulli
ADVERTISEMENT

सुनसरी/इनरुवा–सुनसरीको कोसी गाउँपालिका वडा नम्बर १ लौकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठोक्किँदा गाडीमा आगलागी भएको छ । गाडीको इन्जिन पड्किएर आगलागी भएपछि केही बेर भागदौड मच्चिएको थियो ।

 

शुक्रबार राती साढे ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख २९९६ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा आगलागी भएको हो ।

 

आगलागीका कारण घटना स्थलमा ४ जनाको मृत्यु भएको छ । यात्रुका अनुसार ट्रकका चालक, बसचालक र अन्य दुई यात्रुको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलीले घटना स्थलमा पुगेर अन्य यात्रुलाई उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सिमेन्ट बोकेको ट्रकमा लागेको आगलागी नियन्त्रणमा लिन कोसी गाउँपालिका, इनरुवाका वारुणयन्त्र प्रयोग गरिएको थियो ।