close

‘दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम’ सम्पन्न

‘दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम’ सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौँ– महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ ।

 

पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्नका लागि ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत निःशुल्क मास्क वितरण एवम् जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख, प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले पछिल्लो समय मुलुकमा बढ्दै गएको कोरोना सङ्क्रमणबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोना सङ्क्रमणबाट जोगिनका लागि आम नागरिक आफैँ सचेत हुनुपर्ने उनको भनाइ थियो ।

 

काठमाडौँ महानगरपालिका–१४ का वडासदस्य विनोद थापाले समाज रुपान्तरणको क्षेत्रमा नेपाल प्रहरी र जेसिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सोही अवसरमा ‘तपाईंको मास्क खोई ?’ अभियानसमेत सञ्चालन गरिएको थियो ।

 

प्रहरी र जेसिजले काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत कालीमाटी कङ्लकी क्षेत्रका स्थानीय व्यवसायी, मास्क नलगाई हिँड्ने पैदलयात्रु, चालक, सहचालक, यात्रु, मजदुर लगायतलाई जनचेतनास्वरुप निःशुल्क मास्क वितरण गरिएको थानकोट जेसिजका अध्यक्ष रोशन दानीले जानकारी दिए ।