close

कमलपोखरी पुनर्निर्माण अन्तिम चरणमा 

कमलपोखरी पुनर्निर्माण अन्तिम चरणमा 

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै उद्घाटन गरिने बताएका छन् । कमलपोखरी सौन्दर्यकरण योजनाअनुरूप ९ वटा चैत्यको विधिवत प्रतिस्थापन गर्दै प्रमुख शाक्यले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गरिएको बताए ।

 

ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए । ‘काम सकिनासाथ हामी पोखरीको उद्घाटन गर्छौं,’ प्रमुख शाक्यले भने । पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ हावा र हरियालीको मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रूपमा पोखरी विकास हुने उनको भनाइ छ ।

 

६ करोड ३६ लाख रुपैयाँको पोखरी पुनर्निर्माणको काम एक वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण देखाउँदै ढिला भएको हो । कमलपोखरी वरपर वृक्षारोपण गर्ने तयारी छ । ‘यहाँका मठमन्दिरको संरक्षण गर्दै पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउने पर्यटकलाई समेत आकर्षित गराउने उद्देश्यका साथ पोखरी पुनर्निर्माण अघि बढाएका छौं,’ उनले भने, ‘छिट्टै कमलपोखरीको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’
एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएको शाक्यको भनाइ छ ।

 

काठमाडौं महानगरले कमलपोखरी वरपर चिल्ड्रेन पार्क, ढुंगेधारा, अपांगतामैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ ।

काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पोखरीलाई पहिलाको भन्दा व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन पाउँदा खुसी लागेको बताइन् । महानगरपालिको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चार कुनामा आकर्षक र संस्कृति झल्किने चार वटा मण्डप र पूर्वतिर मूुलढोकासँगै एउटा गरी पाँच वटा मण्डप रहने जानकारी दिए ।

 


नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारीसाधन एवं बन्दोबस्तीका सामानको व्यवस्थापनका लागि आवश्यक बजेटबारे छलफल भएको हो ।