close

काठमाडौंको फोहर उठाउन अझै एक–दुई दिन लाग्ने 

काठमाडौंको फोहर उठाउन अझै एक–दुई दिन लाग्ने 

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौंको फोहोर एक हप्ता बित्दा पनि उठ्न सकेको छैन । सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

 

सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक–दुई दिन फोहोर नउठ्ने उनको भनाइ छ । सडक निर्माण कार्यमा ठेकेदारले ढिलासुस्तीले गर्दा फोहोर उठाउन समस्या भइरहेको डंगोल बताउँछन् । ठेकेदारलाई कालोपत्रे गर्न आग्रह गरिएको भए पनि ढिला हुँदा फोहोर उठाउन समस्या भएको उनको भनाइ छ ।

 

कालोपत्रे नगरी गाडी चलाउन नै नमिल्ने भएकाले कालोपत्रे सम्पन्न भएपछि मात्र फोहोर उठाउन थालीने डंगोल बताउँछन् । अबको एक–दुई दिनमा कालोपत्रे सकिने र फोहोर उठाउन थालीने उनको भनाइ छ । डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन ।