close

भेरीगंगाका वडाध्यक्ष कार्कीको निधन

भेरीगंगाका वडाध्यक्ष कार्कीको निधन

Trulli
ADVERTISEMENT

सुर्खेत–मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राती काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।

 

कार्की ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्खेतका सबैभन्दा कान्छा वडाध्यक्ष हुन् ।

 

रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका वडा नम्बर १२ छिन्चु बजार नजिक गत ८ फागुनमा कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले कार्की सवार भे६प४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा अपरेसन गरिएको थियो । अवस्थामा सुधार नभएपछि कार्कीलाई ९ फागुनमा हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।

 

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २० वर्षीय भुपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले बताएको छ । उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।