close

एमसिसी संसद्बाट अनुमोदन 

एमसिसी संसद्बाट अनुमोदन 

Trulli
ADVERTISEMENT

काठमाडौं–आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गरेको छ । आइतबार साँझ बसेको प्रतिनिधिसभाको बैठकले बहुमतबाट एमसिसी पारित गरेको हो ।

 

एमसिसीसँगै संसद्ले सम्झौताको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पारित गरेको छ । एमसिसी लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षपछि पारित भएको हो ।

 

सम्झौताका पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो । प्रमुख प्रतिपक्षी एमालेले एमसिसी अनुमोदन प्रक्रियामा सहभागी भएन । एमसिसी पारित हुँदा एमाले सांसदहरू बेल घेरेर नाराबाजी गरिरहेका थिए। अरू सांसदले वेल घेरेर नाराबाजी गरिरहँदा एमाले सांसद भीम रावल छलफल प्रक्रियामा सहभागी भएका थिए । एमसिसी पारित गर्नु नहुने बताएका थिए । 

 

संसदबाट अनुमोदन भएसँगै ५० करोड डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ । एमसिसीबाट आएको पैसा नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ ।