close

इलामले बनायो सुनुवार सांस्कृतिक संग्रहालय भवन

इलामले बनायो सुनुवार सांस्कृतिक संग्रहालय भवन

Trulli
ADVERTISEMENT

इलाम–इलामको इलाम नगरपालिकामा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण गरिएको छ । इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवास्थित चैतेस्थित सुनुवारको धार्मिक स्थल परिसरमा निर्मित संग्रहालयको आइतबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरे ।

 

नगरप्रमुख बस्नेतले सीमान्तकृत वर्गका किरात, सुनुवार समुदायको धार्मिक, भाषिक, सांस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए । दुईतले संग्रहालय भवन नगरपालिकाको २१ लाख २५ हजार र बाँकी स्थानीयको योगदान गरी २५ लाख रुपैयाँमा निर्माण गरिएको हो । यो क्षेत्र पाटेनागी पर्या–पर्यटन क्षेत्रको प्रवेश द्वार हो ।

 


सुनुवारको आफ्नै भाषा, लिपि, धर्म, संस्कृति, रीति र परम्परा भएकाले त्यसको विकास र प्रवद्र्धन गर्दै पाटेनागी पर्यटनसँगै जोड्न चाहेको नगरप्रमुख बस्नेतले बताए ।