close

चाँगुनारायण नगरपालिका बन्यो स्मार्ट पालिका 

चाँगुनारायण नगरपालिका बन्यो स्मार्ट पालिका 

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै स्मार्ट पालिका घोषणा गरिएको हो । 

 

नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पु¥याउने उद्देश्य पूरा भएकाले नगरपालिकालाई स्मार्ट नगरको अवधारणाअनुसार काम अघि बढाएको बताए ।

 

नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले धेरै कुरा सिकायो । सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहज रूपमा आवश्यक सेवा पु-याउन लिइएको अपेक्षा पूरा गरेको छ । अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ । यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको छ ।’

 

स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै संघीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउन आवश्यक सहयोग गर्न संस्था तयार रहेको बताए ।

 

नक्सा शाखाका अरुण भण्डारीले नगरपालिकामा दुई वर्षदेखि काम गरिरहेको बताए । उनले नगरका सबै सडक, टोल, चोकको नामकरण गरिएको र डिजिटल नम्बरिङसमेत गरिएको बताए । कार्यक्रममा अभिनेत्री एवं स्मार्ट पालिकाकी ब्रान्ड एम्बेसडर सुरक्षा पन्तले स्मार्ट पालिका झन्झटिलो नभएको र नागरिकमैत्री भएको सुनाइन् ।