close

आज चार प्रदेशमा पानी पर्ने सम्भावना

आज चार प्रदेशमा पानी पर्ने सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको कारण आज केही स्थानमा पानी पर्ने सम्भावना छ ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।

 

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ । आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।