close

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

Trulli
ADVERTISEMENT

दाङ । तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए । 

 

कलेजो र मिर्गौलाको बिरामी रहेका ५३ वर्षीय चौधरीको उपचारका क्रममा मंगलबार काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।