close

आफूमाथि बलात्कार भयो भनी सार्वजनिक युवतीको घरमा पुग्यो प्रहरी 

आफूमाथि बलात्कार भयो भनी सार्वजनिक युवतीको घरमा पुग्यो प्रहरी 

Trulli
ADVERTISEMENT

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।

 

हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिरलसहितको टोली उनको घरमा पुगेको हो ।

 

बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेकी युवतीले यसअघि प्रहरीसँग सम्पर्कमा आउन चाहेकी थिइनन् ।

 

जबरजस्ती करणीसम्बन्धी कसूरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले न्याय नपाउने अवस्था भएको भन्दै आलोचना भइरहेको छ ।

 

उनको पक्षमा युवाले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि धर्ना दिएका छन् । उनीहरुले बलात्कारको कसूरमा राखिएको हदम्याद हटाउन माग गरेका छन् ।