close

बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाहरू प्रदर्शनमा

बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाहरू प्रदर्शनमा

Trulli
ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन्।

 

८ वर्षअघि आफूमाथि सौन्दर्य प्रतियोगितासँग सम्बन्धित एक व्यक्तिले बलात्कार गरेको खुलासा गर्ने युवतीको पक्षमा युवाहरू स्वस्फुर्तरुपमा प्रदर्शनमा उत्रिएका हुन्। सामाजिक सञ्जालमार्फत ती युवतीले आफूमाथिको बलात्कारको खुलासा गरेकी थिइन्।

 

त्यसपछि उनको पक्ष र विपक्षमा प्रतिक्रियाहरू आउन थालेका छन्। युवतीले आफू १६ वर्ष हुँदा ८ वर्षअघि बलात्कार भएको खुलासा गरेकी थिइन्। उनले बलात्कारको आरोप लगाएको व्यक्तिको नाम भने खुलाएकी छैनन्।

 

प्रदर्शनकारीहरूले पुँजीवादी पितृ सत्ता मुर्दावाद, दोषीलाई कारबाही गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ, न्याय पाउन म्याद किन, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्याक अदालतको स्थापना गर लगायत नारा लेखिएका प्लेकार्ड बोक्दै उनीहरूले प्रदर्शन गरिरहेका छन्।