close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा हाल स्थानीय, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी गरी चार वायुको प्रभाव रहेको छ

बिहानैदेखि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।