close

अब नाम्खामा हुने छैन टेलिफोन अवरुद्ध

अब नाम्खामा हुने छैन टेलिफोन अवरुद्ध

Trulli
ADVERTISEMENT

हुम्ला । नाम्खा गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र टेलिफोन तथा इन्टरनेट सेवालाई सहज बनाउन चालु आर्थिक वर्षभित्रै ३ स्थानमा फोरजी टावर निर्माण सम्पन्न गर्ने भएको छ । 

अहिले नाम्खामा टेलिफोन सेवा नभएकै कारण सदरमुकाम सिमीकोटमा पालिकाको  शाखा कार्यालय खोलेर काम आएको नाम्खा गाउँपालिकाले आफ्नै गाउँपालिकाबाट काम गर्न पाउनेमा अध्यक्ष प्रेमबहादुर लामा विश्वस्त छन् । 

उनले पालिका खबरसँग भने,'पालिकामा सञ्चारको पहुँच राम्रो नहुँदा समस्या भएकोले निर्वाचित भएपछि पहिलो निर्णय नै चाँडो टेलिफोन टावर बनाउने पारित गरिएको छ ।' उनका अनुसार एक महिनाभित्र काम सक्ने गरी काम तीब्र पारिएको छ । सोही कामका लागि आफू अहिले संघीय राजधानीमा आएको बताए । 

अहिले भिस्याटको भरमा उक्त पालिकाको सञ्चार विभिन्न समस्याले प्रभावित भइरहेको भन्दै लिमि, हिल्सा र धारापानी नेपाल टेलिकमको फोरजीसहितको टावर बनाउने काम भइरहेको हो ।