close

बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

रुपन्देही । रोहिणी गाउँपालिकाको  रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको आज बिहान करिब साढे ४ बजे भएको दुर्घटना भएको हो । रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार  तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।