close

आगलागी हुँदा दुई घर जलेर नष्ट

आगलागी हुँदा दुई घर जलेर नष्ट

Trulli
ADVERTISEMENT

जुम्ला ।  तिला गाउँपालिका-८ पुरुगाउँमा आगलागी हुँदा एक घर जलेर  पूर्णरुपमा नष्ट भएको छ । 

पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति साढे ११ बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । 

घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ ।    प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ । 

त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबेसी नगरपालिका–३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । राति साढे ११ बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।