close

जिप दुर्घटना हुँदा ३ को मृत्यु, ११ जना घाइते

जिप दुर्घटना हुँदा ३ को मृत्यु, ११ जना घाइते

Trulli
ADVERTISEMENT

जाजरकोट । जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप शुक्रबार बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्दार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।