close

फोहोर बिसर्जन गर्न दिए बञ्चरेडाँडावासीले

फोहोर बिसर्जन गर्न दिए बञ्चरेडाँडावासीले

Trulli
ADVERTISEMENT

नुवाकोट । ककनीका बासिन्दाले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि सहमति दिएका छन् । 

सहरी विकास मन्त्रालयमा शुक्रबार स्रभावित क्षेत्रका बासिन्दा र काठमाडौंका जनाप्रतिनिधिसँग भएको वार्तापछि  फोहोर विसर्जनका लागि सहमति दिएका हुन् ।

मन्त्री रामकुमारी झाँक्रीसहित काठमाडौं र नुवाकोटका सांसद, नेता, उपत्यकाका मेयरहरू र स्थानीयबासीसमेत सहभागी वार्ताले सहमति जुटेको हो । 

हल बञ्चरेडाँडा क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन भइरहेको र त्यसको प्रतिवेदन आउनेबित्तिकै कति जग्गा अधिग्रहण गर्नुपर्ने हो भनेर यकिन गर्ने मन्त्रालयले जनाएको छ । जग्गा अधिग्रहण गर्न ५/६ अर्ब बजेट आवश्यक पर्ने बताइएको छ ।