close

शैल्यशिखरमा एक पुरुष मृत फेला

शैल्यशिखरमा एक पुरुष मृत फेला

Trulli
ADVERTISEMENT

दार्चुला । यहाँ एक पुरुष मृत फेला परेका छन् । शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन् ।

महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।