close

मेरो कार्यकालमा नदी उत्खनन् हुन दिन्न : हर्क साम्पाङ

मेरो कार्यकालमा नदी उत्खनन् हुन दिन्न : हर्क साम्पाङ

Trulli
ADVERTISEMENT

धरान । बिहीबार स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यापालिका बैठक आइतबार २ बजे बस्दैछ । 
धरानको क्षेत्राधिकारभित्र सर्दु, सेउतीलगायत आधा दर्जन खोला  ठेक्का लाउने कि नलाउने भन्ने विषयमा कार्यपालिका बैठकमा भएको चर्काचर्कीले कार्यपालिकाको बिहीबार बस्ने भनिएको दोस्रो बैठकलाई प्रभावित पार्यो । 

बिहीबार स्थगित भएपछि बैठकमा भएको विवाद सबैलाई थाहा छ, विवाद समाधानका लागि तपाईंसँग केही विकल्प छ कि अडान छोड्नु हुन्न भन्ने प्रश्नमा मेयर साम्पाङले भने,'धरानका जनताको हितका लागि नदी उत्खनन् गर्नुहुँदैन भनेर अडान लिएको हुँ, मेरो अडानबाट एक इन्च पनि पछि हट्दिनँ, किनभने यो प्राकृतिक दोहन रोक्ने मेरो कर्तव्य हो ।'

उनका अनुसार बोल्ने निर्वाचित वडाध्यक्षहरूले पनि बोल्न पाउने अधिकार छ तर मेयरले भनेको सबै हुनुपर्छ भन्ने होइन । तर, निर्णयहरू गर्दा जनताको हितमा गर्नुपर्नेमा उनको जोड छ । आफूले खोला ठेक्का नलगाउने भन्दा केही जनप्रतिनिधिको चित्त नबुझे पनि भोलिको बैठकबाट समाधान आउनेमा मेयर साम्पाङ विस्वस्त छन् । उनका अनुसार धरानका जनताको भावना बुझेर जनप्रतिनिधिहरूले यसबारे सही निर्णय गर्नेछन् । 

पहिलो कार्यपालिका बैठकमा चर्काचर्की भएपछि बिहीबार दिउँसो २ बजे बस्ने भनिएको बैठक सुरु नै नभई स्थिगत भएको थियो ।  बैठक अगाडि नै नगरप्रमुख साम्पाङको समर्थन गर्दै वडाध्यक्षहरूकाे चर्को विरोध गर्दै नगरपालिकाको गेटमा आएर एक समूहले प्रदर्शन गरेपछि वडाध्यक्षहरू बैठक कक्षमा प्रवेशै नगरी फर्किएका थिए । 

त्यसपछि मेयर साम्पाङले आइतबार २ बजेका लागि बैठक बोलाएका हुन् । यसैबीच रान ५ नेकपा एमालेका इन्चार्ज  चन्द्र भुजेललेले वडा नम्बर ५ मा ५ वटा खोला रहेको स्मरण गराउदै अवैध खोला उत्खनन  रोक्ने एमाले धरान ५ को चुनावी एजेन्डा नै बताउँदै स्टाटस हालेका छन् । 

काेशीबाट पानी ल्याएरै छाड्छु भन्ने अठोट लिएका नगर प्रमुख साम्पाङ खोलाको दोहन गर्न रोक्ने र अन्य कार्यपालिका सदस्यहरू दोहन गर्नु चाहने आशयका कार्टुन तथा स्ट्याटस बढ्दै जाँदा धरान ५ नेकपा एमालेका इन्चार्ज  चन्द्र भुजेलले भने अवैध खोला उत्खनन  रोक्ने एमाले धरान ५ को चुनावी एजेन्डा नै रहेको बताएका छन् । नगरपालिकाले नदी उत्खनन गर्ने निर्णय गरे पनि यस वडा जनताको भावना विपरीत काम गर्न बाध्य हुनेछैन भन्दै उनले स्टाटस हालेका हुन् ।