close

विपद् व्यवस्थापनमा सेनाको अभ्यास हातेमालो

विपद् व्यवस्थापनमा सेनाको अभ्यास हातेमालो

Trulli
ADVERTISEMENT

काठमाडौं । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्नका लागि नेपाली सेनाले अभ्यास हातेमालो कार्यक्रम गरेको छ ।

नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई सेनाले अभ्यास हातेमालोकार्यक्रम संचालन गरेको हो । 

जंगी अड्डामा सम्पन्न कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न समयमा आइपर्ने विभिन्न प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्युनीकरणका लागि सबै निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए । 

दुई दिवसीय अभ्यासमा विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतीकरण सहितको छलफल तथा अन्तक्रिया गरिनुका साथै जङ्गी अड्डा परिसरमा फायर फाइटिङ्गको डेमोन्ष्ट्रेशन एवं विभिन्न विपद्को दौरान प्रयोग हुने विपद् व्यवस्थापन सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।