close

दुहुँको योजना : कृषि र पर्यटनमा लगानी वृद्धि

दुहुँको योजना : कृषि र पर्यटनमा लगानी वृद्धि

Trulli
ADVERTISEMENT

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाको आगामाी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम यही असार १० गते प्रस्तुत गरिने योजना छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालका अनुसार गाउँपालिकाका जनताको जीवनस्तर उकास्ने आधार भनेको कृषि र पर्यटन रहेकोले प्राथमिकतामा कृषि र पर्यटनलाई नै राखिएको छ  । 

गाउँपालिकामा रहेका सिद्धटोपी, तपोभूमि तपोवन, ब्रमदह ताल र पासादह तालजस्ता पर्यटकीय स्थलहरूको प्रचार, पूर्वाधार निर्माण तथा पदमार्ग स्तरोन्नतिलगायत लगानी गर्ने पालिकाको योजना छ । गाउँपालिका अध्यक्ष सिंहका अनुसार पालिकासँग न्यून बजेट हुने भएकोले कुनै योजना क्रमागत तथा कुनै योजनाको लागि माथिल्लो सरकारसँग माग गरिनेछ । 

त्यस्तै दुहुँमा परम्परागत खेति त्यागेर नगदेबाली लगाउने लहर सुरु हुँदै गर्दा गाउँपालिकाले यसमा सहयोग गर्ने जनाएको छ । दुहुँमा उत्पादन हुने कृषिउपजहरू सदरमुकाम खलङ्गासम्म पुग्ने गरेकोले उप्दानलाई थप व्यवस्थित गर्नको लागि कृषकहरूको हौसला मिल्ने कार्यक्रमहरू बनाइएको अध्यक्ष सिंहको भनाइ छ । 

गाउँपालिका अध्यक्ष सिंहका अनुसार दुहुँमा लसुन, बेसार, खुर्सानी र अदुवाको उत्पादन राम्रो हुने भएकोले एक बालीको पकेट क्षेत्र घोषणा तथा खेतीलाई आधुनिक प्रविधिमय बनाउने योजना छ भने युवाहरूलाई कृषिमा आकर्षित गर्ने खालको पालिकाले योजना निर्माणमा लागि सरोकारवाला र विज्ञहरूसँग छलफल गर्ने जनाएको छ ।