close

बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन

बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन

Trulli
ADVERTISEMENT

कालीकोट । नरहरिनाथ गाउँपालिका– ८ र ९ मा गत जेठ २५ र २६ गते परेको अविरल वर्षाले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।

खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले  स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण सङ्कलन गरेको वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।

“मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ”, उनले भने, “२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पु¥याउनाका साथै दुई पक्की पुल,  छ वटा बाख्रा र एक भैँसी बगाएको छ ।”

प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पुर्‍याएको, गाउँको पूरै मकैबाली बालुवामा परिणत भएको र खेतको  धानको बीउ पनि पुरेको उनले  जानकारी दिए ।