close

सडक खन्ने क्रममा २०० वर्ष पुराना चाँदीका सिक्का फेला, चालक प्रहरी नियन्त्रणमा

सडक खन्ने क्रममा २०० वर्ष पुराना चाँदीका सिक्का फेला, चालक प्रहरी नियन्त्रणमा

Trulli
ADVERTISEMENT

दाङ । तुलसीपुरमा सडकको नयाँ ट्रयाक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका-४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा  ७६ वटा भारतीय र ४६१ वटा श्री ३ लेखिएका गरी ५३७ वटा सिक्का फेला परेको  प्रहरीले जनाएको छ ।

रा १ क १००२५ नम्बरको जेसिबीका अपरेटर तुलसीपुर-१५ मलवारका २५ वर्षीय सुवासचन्द्र चौधरीले बुधबार दिउँसो नयाँ ट्रयाक खन्ने क्रममा सो सिक्का फेला पारेका थिए। 

प्रहरीका अनुसार फेला परेका सबै प्राचीन मुद्राहरु डोजरका चालक सुवासचन्द्र चौधरीले आफ्नो घरमा लागेर राखेको र अर्का चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा सार्वजनिक भएको हो ।

यी सबै सिक्काहरु झन्डै साढे दुई सय वर्ष पहिलेका हुन्। प्रहरीका अनुसार चौधरीले घरमा लगेर कसौडीबाट झिकेर प्लास्टिकको झोलामा राखेका थिए।  डोजर चालक चौधरीलाई प्रहरीले थुनामा राखेको छ ।