close

हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन समिति गठन​​​​​​​

हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन समिति गठन​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिनका टोली गठन गरेको छ ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ ।