close

काठमाडौं महानगरमा दोभासे नियुक्त गर्न माग

काठमाडौं महानगरमा दोभासे नियुक्त गर्न माग

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको ११औं नगरसभामा दोभासे नियुक्त गर्नुपर्ने माग उठेको छ । 

वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै नगरसभा सदस्य तथा वडा नम्बर २९ का वडाअध्यक्ष सन्तोष ढुङ्गेलले फरक क्षमता भएकाहरूको सहजताका लागि दोभासे नियुक्त गर्नुपर्ने बताएका हुन् । 

काठमाडौं महानगरमा सेवा लिन आउने बहिराहरूले सहज सेवा नपाएको भन्दै दोभासे नियुक्त गर्न माग गरेका हुन् । उनले एक लाख ५० हजारजति महानगरमा सेवा लिने बहिराहरू रहेको भन्दै यस्तो माग राखेका हुन् ।