close

जंगली च्याउ खाँदा एकै परिवारका ६ बिरामी, ५ जना गम्भीर

जंगली च्याउ खाँदा एकै परिवारका ६ बिरामी, ५ जना गम्भीर

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिका-१२ नयाँ गाउँमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

जंगली च्याउ खाएर बिरामी परेका उनीहरूकाे अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

जंगलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विक गम्भीर बिरामी भएका ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए । त्यस्तै ५० वर्षीय हुमबहादुर विककाे पनि उपचार भइरहेको छ । 

याे घटना बुधबार साँझ करिव साढे ५ बजेकाे हाे । जंगली च्याउ खाएर बिरामी परेका उनीहरूलाई राति पाैने ९ बजे आफन्तले अस्पताल पुर्याएका थिए ।